चुनावी तालमेल हुने भएपछि विरोधीको दिमाग बिग्रेको छ : माधव नेपाल

चुनावी तालमेल हुने भएपछि विरोधीको दिमाग बिग्रेको छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावमा गठबन्धनबीच तालमेल हुने भएपछि जनतामा उत्साह थपेको बताएका छन् ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेतर्फ लक्षित गर्दै गठबन्धन दलहरुबीच चुनावी तालमेल हुनेभए पछि जनविरोधी शक्तिहरूको निद्रा हराम भएको बताएका हुन् । उनले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएको बताए ।

‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएको छ । यसले जनतामा उत्साह थपेको छ । चुनावी तालमेल हुने भए पछि जनविरोधीहरूको मुख चाउरिएको छ । निद्रा हराम भएको छ । दिमाग बिग्रेको छ । बेहोस हुन बेर छैन ।’

अध्यक्ष नेपालले भने, ‘अब उनीहरूको काम बर्बराउने हो उनीहरूको काम भनेको जथाभावी बोल्ने हो । हामी अगाडि बढ्छौं । अब हात्ती हिँड्दै गर्छ । अरु कल्ले भुक्ने हो, भुक्ने काम जति भुक्छ चिन्ता नगर्नुस्,’ स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते हुने भएको छ । हालको गठन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।