काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुखमा आफ्नो दावी रहेकाे बताएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको नेतृत्व आफूले नपाए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने अडान राखेको हो ।
आइतबार सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा बैठकमा नेकपा एसका नेताहरुले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने बताए । इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने उनीहरुले दावी गरेका छन् ।
उक्त बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी भएका थिए ।




प्रतिक्रिया