नेकपा एसले टुंग्यायो महानगर र उपमहानगरपालिकामा उम्मेदवार (नामावलीसहित)


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले आफ्नो भागमा परेको महानगर तथा उपमहानगरपालिको मेयर तथा उपमेयर तय गरेको छ । शुक्रबार बसेको पार्टीको पदाधिकारीको बैठकले महानगर तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाएको हो ।

उक्त बैठकले पोखरा महानगरपालिको प्रमुख धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एक पधाधिकारीले बताए । आचार्य पार्टीका कास्की जिल्ला अध्यक्ष हुन् । ‘हिजो नै हामीले उम्मेदवार टुङ्गो लगाएका हौं,’ ती पदाधिकारीले भने । त्यसैगरी हेटौंडा उप महानगरपालिकामा मेयरको उम्मेदवार मीना लामा बन्ने भएकी छन् । लामा अहिले उपमेयर छिन् ।

यता काठमाण्डु महागरपालिकाको उपमेयरका लागि रामेश्वर श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । त्यस्तै नेकपा एसले इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ उम्मेदवार बन्ने भएका छन् । दाङको घोराही नगरपालिकाको उपमेयरमा जोगबहादुर राना उम्मेदवार बन्ने भएका छन् । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement