काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने पार्टीको निर्णयले गठबन्धनका अन्य दलहरुमा भूइँचालो गएको बताएका छन् । कार्यान्वयन हुने बताएका छन् । बुधबार काठमाण्डुमा आयोजना गरिएको पार्टी निकट अखिलको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टीको निर्णयले अन्य पार्टीमा भूइँचालो गएको टिप्पणी गरेका हुन् ।
त्यसैगरी उनले फिर्ता बोलाइएका मन्त्रीहरुले आफू पार्टीको निर्णय कार्यान्वयन गर्न तयार भएको बताएको समेत दावी गरे । ‘हामीले पार्टीका तर्फबाट मन्त्रीमण्डलको फेरबदल गरेका छौं, ६ महिनाको अवधि दिइएकोमा ८ महिनासम्म समय दियौं । जसले राम्रो काम गरेका छन्, उनीहरूलाई धन्यवाद दिन चाहन्छौं । पार्टीको निर्णय पालना गर्न तयार छौं भनेका छन्, मन्त्रीको लोभ छैन भनेका छन्, अन्यथा नसोचौं ।’, उनले भने ।
उनले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागि हुने नयाँ टिमलाई राम्रो काम गर्न पनि आग्रह गरे । ‘पार्टीले निर्णय र्गयो किन लागू भएको छैन भन्ने प्रश्न छ, हाम्रो पार्टीले निर्णय गरेपछि अन्य दलमा भूकम्प चल्यो । अन्य दलले पनि केही दिनको मौका दिनुस् भनेका होलान् । अब जाने हाम्रो टीमले राम्रो काम गरोस् ।’, उनले भने ।
यसअघि नेकपा एसको सचिवालय बैठकले सरकारमा सहभागी ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो । अध्यक्ष नेपालले नयाँ ४ जनाको नामसमेत प्रधानमन्त्री देउवालाई बुझाइ सकेका छन् । तर नयाँ मन्त्रीको शपथ हुन सकेको थिएन ।




प्रतिक्रिया