देउवाको अमेरिका भ्रमणबारे माधव नेपालले देखाए चासो

देउवाको अमेरिका भ्रमणबारे माधव नेपालले देखाए चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे चोसो देखाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र सिंगो देश जानकार हुनुपर्ने बताएका हुन् ।

‘अमेरिका भ्रमणको के-के तयारी भैरहेको छ, सबै जानकारी हुनुपर्छ ।’, उनले भने । त्यस्तै उनले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने बताए । ‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो । यसबारे हामीले क्लियर धारणा बनाउनुपर्छ,’ उनले भने ।

कुनै पनि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने भन्दै उनले नेपालको असंलग्न परराष्ट्र नीतिबारे ध्यान दिनुपर्ने पनि अध्यक्ष नेपालको भनाइ छ । ‘हामी असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने ढंगले कतै काम त हुन पुगेन त्यसबारेमा सजग र सतर्क हुन सक्यौं कि सकेनौं । यसको पनि हामीले समीक्षा गर्नुपर्ने आवश्यक छ,’ उनले भने ।