एमालेबाट बिभाजन हुँदा धेरै गाह्रो भएको थियो : माधव नेपाल


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै गरो भएको बताएका छन् । आइतबार पार्टीनिकट महिला संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धेरै दुखकष्ट गरेर नेकपा एमालेबाट अलग्गिएको दावी गरे ।

‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्‍न्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए । हामीले विद्रोह रोज्यौँ । तर, विद्रोह गर्न कम्ता गाह्रो भएको थियो । पार्टी विभाजनका लागि आवश्यक संख्या पुर्याउनका लागि अनेकौँ प्रयास गर्नु परेको थियो ।’, उनले सम्झिदै भने, ‘भदौ २ गते हामीले होटल अर्यालबाट साथीहरूलाई बसमा राखेर चन्द्रागिरीमा लगेर दुई दिन राख्यौँ । केपी ओलीले आफ्नो मान्छेहरू होटलमा पठाएर आँसु खसाल्न लगाएर रोकौंला भन्ने सोचेका थिए । तर, उनको सबै योजना फेल गरायौँ ।’

अध्यक्ष नेपाले लक्ष्यमा पुग्नको लागि अनेकौँ तरिका अपनाउने पर्ने बताए । ‘उद्देश्य एउटा हुन्छ, तरिका अर्को हुन्छ । कहिले पूर्व गएजस्तो, कहिले पश्चिम गएजस्तो । तर गन्तव्य एउटै । पछिल्लो कालमा विद्रोह गर्ने बेलामा हाम्रो पक्षमा अलिकति अनुकूलता भयो र सफल भयौँ ’, उनले भने ।

त्यसैगरी अध्यक्ष नेपालले महिला हिंसाका चर्चित मुद्दाहरूमा पत्रकार सम्मेलन गर्नेदेखि रत्नपार्कमा जुलुस निकाल्नेसम्मका गतिविधि गर्न महिला नेतृहरूलाई आग्रह गरेका छन् । ‘यत्रो महिला हिंसाको इस्यूमा तपाईँहरू सडकमा कतै देखिनुभएन । तपाईँहरू व्यानर लिएर सडकमा उत्रिनुपथ्र्यो । मन्त्रीकहाँ डेलिगेसन जानुपथ्र्यो । पत्रकार सम्मेलन गर्नुपथ्र्यो । मण्डला र रत्नपार्कमा जुलुस निकाल्नुपथ्र्यो । तर, तपाईँहरूले केही गर्नुभएन ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement