समर्थन फिर्ता लिने माधव नेपालको चेतावनीपछि नेकपा एसका मन्त्रीको शपथ आजै हुने


काठमाण्डु- नेकपा (एकिकृत समाजवादी) का मन्त्रीहरुको सपथ आज हुने भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेर आज सपथ नगराए पत्रकार सम्मेलन गर्ने चेतावनी दिएपछी नयां मन्त्रीहरुको सपथ आज साझँसम्म हुने भएको हो ।

समाजवादीले नेताहरु जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, मेटमणि चौधरी शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले जेठ २२ गतेको सचिवालय बैठकमा सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गराएका थिए । तर, उक्त निर्णय कार्यान्वयन भने हुन सकेन । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादीभित्र खेलेको त्यही पार्टीका नेताहरुले आरोप लगाइरहेका छन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाक्री, श्रम मन्त्री किसान श्रेष्ठ मन्त्री पदबाट राजीनामा नदिने मुडमा छन् । पर्यटन मन्त्री प्रेम आलेले भने पार्टी निर्णय कार्यान्वयन गर्ने बताएका छन् । समाजवादी स्रोतले आज नयां मन्त्रीहरुको सपथ हुने जानकारी दिएको छ । तर, अहिलेसम्म राष्ट्रपति कार्यालयमा भने प्रधानमन्त्री कार्यालयबाट औपचारीक जानकारी गएको छैन ।

‘ माधव कमरेड र प्रधानमन्त्रीबीच कुरा भइसकेको छ । अव प्रधानमन्त्रीले पनि गर्छु भन्नुभएको छ । सांझसम्म मन्त्रीहरुको सपथ हुन्छ । ’ समाजवादीका एक नेताले काठमाण्डुपाटीसंग भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement