काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।
बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिनेछ ।
त्यसैगरी पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ ।
देशभरबाट करिब एक हजार ५०० सहभागी हुने अनुमान गरिएकाे परिषद् बैठकमा हालै संघीय सरकारको मन्त्रीबाट फिर्ता गरिएका चारजना नेता भने अनुपस्थित भएका छन्। समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन्।




प्रतिक्रिया