काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागि मन्त्रीलाई राम्रो काम गर्न निर्देशन दिएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उनले नवनियुक्त सहरी मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् । अध्यक्ष नेपालले मन्त्रीहरुलाई गर्न हुने र नहुने काम बारे प्रशिक्षण दिएका छन् । नेपालले पार्टीको इज्जत राख्ने गरि काम गर्न निर्देशन दिए ।
‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला । कतै नराम्रो काम गरेको सुन्न नपरोस्, पार्टीलाई कतै दाग लाग्ने काम नगर्नुहोला’, उनले भने, ‘ विवादित काम नगर्नुहोला बदनाम गर्ने काम नगर्नुहोला । पार्टीको शीर उचो हुने काम गर्नुहोला ।’ देश र जनताको लागि राम्रो काम गर्ने मन्त्रीहरुलाई पार्टीले सधै सहयोग गर्ने अध्यक्ष नेपाले बताएका छन् ।
२०७८ असोज २४ गते पनि नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई नराम्रो काम नगर्न निर्देशन दिएका थिए । यसअघि सरकारमा सहभागी भएका मन्त्रीहरुको काम एकपछि अर्को विवादमा परेको भन्दै उनले गुनासोसमेत पोखेका छन् ।




प्रतिक्रिया