संघीय चुनावमा पनि गठबन्धन कायम रहन्छ : माधव नेपाल

संघीय चुनावमा पनि गठबन्धन कायम रहन्छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म कायमै रहने बताएका छन् । शनिबार समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले संघ र प्रदेशको चुनावमा पनि गठबन्धनसहित जाने दावी गरेका हुन् ।

त्यस्तै उनले नेकपा एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको बताएका छन् । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहांबाट बन्द हुनु ?’, उनले भने ।

तत्कालीन नेकपा ब्युझाउन सकिन्छ कि भनेर पनि सचिवालयका ९ जना मध्ये ५ जनाको बैठक बसेर छलफल अघि बढाएको समेत अध्यक्ष नेपालको भनाई छ । २०६३ सालमा आफूले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाएको र २०६६ मा उनले आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेपालले वामपन्थी दलहरू मिल्दा कांग्रेस आत्तिन नहुने बताएका छन् ।