काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका र चीनले हतियारको होडबाजी गरिरहेको बताए ।
आइतबार विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे आइतबार काठमाण्डुमा भएको बहस कार्यक्रममा अध्यक्ष नेपालले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरिरहेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताएका हुन् ।
हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने उनको भनाइ छ । उनले युरोपमा नाटो र अमेरिकाले आइपीएस भनेर ल्याएको बताए ।
‘इन्डो प्यासिफिक स्टाटेजीमा अमेरिकाले तीनवटा देशलाई शत्रुको घोषणा गरेको छ, रुस, चीन र उत्तर कोरियालाई । इण्डो प्यासिफिक भित्र अमेरिका, जापान, अष्ट्रेलिया र भारत रहेका छन्’, उनले भने ।
अध्यक्ष नेपालले कुनै पनि किसिमको अतिवादमा नेपाल फस्न नुहने बताए । त्यस्तै उनले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।




प्रतिक्रिया