नेकपा एसले बुझायो समानुपातिकको बन्दसूची

नेकपा एसले बुझायो समानुपातिकको बन्दसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।

निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएमका हुन् ।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरुले पनि बुझाउने तयारी गरिरहेका छन् ।