काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले टक्कर दिएका बताएका छन् ।
बिहीबार काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले टक्कर दिएपछि ओली अहिले बोलाए जसरी जथाभावी बोल्न थालेको दावी गरेका हुन् ।
त्यस्तै उनले अध्यक्ष ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाए । ‘ मैले आलीलाई टक्कर दिइसकेपछि अहिले तपाईँहरूले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, के के बोल्छन् । बर्बराएको के के उट्पट्याङ कुरा गर्छन्’, उनले भने ।
ओलीलाई आफूले मात्र टक्कर दिन सकेको उनको भनाई छ । त्यसैगरी अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाको रक्षाका लागि मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् ।




प्रतिक्रिया