काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले गृहजिल्ला रौतहटको सदरमुकाम गौर–२ स्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
उनीसँगै उनकी पत्नी गायत्री नेपालले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् । मतदान गरेपछि अध्यक्ष नेपालले मौन अवधिको बेलामा बिपक्षी पार्टीबाट आचारसंहीताको उल्लंघन भएको दावी गरे । उनले मौन अवधिको समयमा रातभर मासुभात र पैसा बाँड्ने काम भएको बताएका छन् ।
‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु । रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ । राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ ।’, उनले भने ।




प्रतिक्रिया