गठबन्धनको साथ नछाड्ने एकीकृत समाजवादीको निर्णय


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले हालको सत्ता गठबन्धनको साथ नछाड्ने निर्णय गरेको छ ।

निर्वाचनको नतिजाबारे समीक्षा गर्न सोमबार बसेको नेकपा एसको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । त्यस्तै आजको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन र आफ्नो परिणाम सोचेजस्तो आउन नसकेको प्रारम्भिक समीक्षा गरेको छ ।

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement