काठमाण्डु- भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता भइरहेको छ ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका हुन् ।
देउवा र प्रचण्डको गोप्य भेटवार्ता नसकिदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने भएको छ ।




प्रतिक्रिया