एकीकृत समाजवादीलाई सरकारमा ल्याउने एमालेको तयारी

एकीकृत समाजवादीलाई सरकारमा ल्याउने एमालेको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागि गराउन नेकपा एमालेले छलफल सुरु गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाई सरकारमा सहभागी गराउन निरन्तर छलफल गरिरहेका छन् ।

यसैबीच अध्यक्ष नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार नेपालका सम्धी सोमप्रसाद पाण्डेको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । नेकपा एमाले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन तयार भएको छ ।

आज मात्रै राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले अध्यक्ष नेपाललाई भेटेर नयाँ सरकारमा सहभागी हुन आग्रह गरेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन फुटेपछि माधव नेपाल वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका छन् ।

उनले आफूसँग सल्लाह नगरि प्रचण्ड नेकपा एमालेसँग मिलेको भन्दै असन्तुष्ट जनाएका हुन् । उनले तत्काल नयाँ सरकारमा सहभागी नहुनेसमेत बताइसकेका छन् ।