नेकपा फुटाउने सपना नदेख्न माधव नेपालको चेतावनी

नेकपा फुटाउने सपना नदेख्न माधव नेपालको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन नहुने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अनौपचारिक बैठकपछि बोल्दै नेता नेपालले नेकपालाई कसैले फुटाउन नसक्ने दाबी गरेका छन् ।

‘नेकपालाई कसैले फुटाउन सक्दैन । यो कमजोर जगमा सुरू भएको पार्टी होइन’, उनले भने,‘सबैले अत्यन्त ठूलो त्याग र बलिदान गरेर यो पार्टी निर्माण गरिएको हो । कुनै एक व्यक्तिले चाहँदैमा पार्टी फुट्न सक्दैन ।’

नेता नेपालले नेकपा कमजोर धरातल नभएको बताउँदै अनौपचारिक छलफलमा उपस्थित भएका सचिवालय सदस्य पार्टी एकताका लागि एक भएको बताएका छन् ।

‘नेकपा फुटाउने सपना नदेखे हुन्छ । त्यति कमजोर धरातलमा छैन । फुटाउने सपना कसैले नदेखे हुन्छ,’ उनले भने ।