राष्ट्रपति बन्न प्रस्ताव आए स्विकार गर्ने एकीकृत समाजवादीको निर्णय

राष्ट्रपति बन्न प्रस्ताव आए स्विकार गर्ने एकीकृत समाजवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको प्रस्ताव आएको खण्डमा स्विकार गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको प्रस्ताव आए स्विकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै उक्त बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ गरेका छन् ।

अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा चलिरहेको छ । तर, आज बैठकमा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ गरेका माधव नेपालले भने ओलीले आफूसँग राष्ट्रपतिबारे कुनै छलफल नगरेको बताएका छन् । हालसम्म राष्ट्रपतिका लागि ओलीले छलफल नगरेको बरु पार्टी मिलाउनतिर जोड दिएको माधव नेपालको भनाई छ ।