काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्तिसँग मिलेर गएपनि पार्टीमा विलय नहुने बताएका छन्।
सोमबार मधेस प्रदेश मुकाम जनकपुरधाम पुगेका माधव नेपालले पत्रकारसँगको कुराकानीमा एजेन्डा मिल्नेसँग सहकार्य गर्न तयार रहेपनि पार्टीमा विलय नहुने बताएका हुन् ।
‘देशमा चुनौतीपूर्ण समस्या देखिएका छन्। ती समस्या समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनैपर्छ। एमालेलगायत सबै राजनीतिक दलहरू मिलेर जानुबाहेक अर्को विकल्प छैन।’, उनले भने ।
आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका समाचार अनुमान मात्रै रहेको उनले दावी गरे । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा फर्किन प्रस्ताव गरेका छन् । यता नेकपा एकीकृत समाजवादीका नेताहरुले पनि एमाले संवादमा रहिरहे पार्टी एकताबारे सोच्न सकिने बताएका छन् ।




प्रतिक्रिया