आफूले पाउने मन्त्रालय संख्या बढाउन प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीको दबाब

आफूले पाउने मन्त्रालय संख्या बढाउन प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीको दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटन् नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झालनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला बालुवाटार पुगेका थिए ।

बालुवाटारमा उनीहरुले आफूहरुले पाउने मन्त्रालय संख्या बढाउन प्रचण्डलाई दबाब दिएका हुन् । नेकपा एसका नेताहरुले तिन मन्त्रालय पाउनु पर्ने अडान कायमै राखेका छन् । यता प्रचण्ड भने नेकपा एसलाई दुई मन्त्रालयमा मनाउने रणनीतिमा छन् ।