प्रचण्डसँगको वान टु वान वार्तापछि माधव नेपालले बोलाए आकस्मिक बैठक

प्रचण्डसँगको वान टु वान वार्तापछि माधव नेपालले बोलाए आकस्मिक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वान टु वान वार्तापछि माधव नेपालले आकस्मिक बैठक बोलाएका हुन् ।

बालुवाटारको बार्तामा अध्यक्ष नेपालसँग प्रधानमन्त्री प्रचण्डले एकजना मन्त्रीको नाम आजै दिन आग्रह गरेका छन् । त्यसपछि माधव नेपालले आकस्मिक बैठक बोलाएका हुन् ।

आज बसेको सत्ता गठबन्धनको बैठकमा माधव नेपाल आफ्नो अडानबाट पछि हटेनन् । माधव नेपालले अटेर गरेपछि प्रधानमन्त्री प्रचण्डले उनीसँग वान टु वान वार्ता गरेका थिए ।