काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन् ।
बिहीबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर अध्यक्षे नेपालले संसद र देशलाई यादवको आवश्यकता रहेको बताएका हुन् ।
बाराको क्षेत्र नं २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए । बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरे ।
‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु।’, माधव नेपालले भने । बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ।




प्रतिक्रिया