काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुस १० गते बनेको सरकार कसरी फुत्कियो भन्दै प्रश्न गरेका छन् ।
सोमबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा माधव नेपालले ओलीलाई लक्षित गर्दै बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो भन्दै प्रश्न गरेका हुन् ।
‘आफ्नो पीडा र व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन बेग्लै कुरा हो। किन बस्न सकिएन त्यसको पछाडि अरूलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको लागि अरूलाई सत्तोसराप गरेर हुँदैन। त्यसैले आफूभित्र के कस्ता कमजोरी रहे सबैले समीक्षा गरौँ। कमीकमजोरी भएका भए त्यसलाई सुधार गरौँ।’, माधव नेपालले भने ।
त्यस्तै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका छन् । यस विषयमा आफू सहमत रहेको माधव नेपालको भनाइ छ ।




प्रतिक्रिया