नेकपा एसको लेखापरीक्षण- आम्दानी ७ करोड १५ लाख, बचत एक करोड १० लाख

नेकपा एसको लेखापरीक्षण- आम्दानी ७ करोड १५ लाख, बचत एक करोड १० लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेकपा एकीकृत समाजवादीले गठन पछि आव ०७८/०७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।

गत असार मसान्तसम्मको आम्दानी र खर्चको पार्टीको कुल आम्दानी ७ करोड १५ लाख ९० हजार ३ सय ७७ र कुल खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रहेको छ ।

यस्तै, एक करोड १० लाख ६० हजार ८ सय ४८ बचत रहेको पार्टीका पोलिटब्युरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताए ।

राजनैतिक दल सम्वन्धि ऐन २०७३ को व्ययवस्था बमोजिम लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीका लेखा प्रमुख खेमराज पौडेलले बताए ।