बजेटमा असन्तुष्टि जनाएका माधव नेपालको बोली प्रचण्डलाई भेटेपछि फेरियो


काठमाण्ड- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा आवद्ध दलहरु एक भएर अगाडी बढ्नुपर्ने बताएका छन् । आइतबार बजेट यथास्थितिमा पास भए सरकार ढल्ने चेतावनी दिएका माधव नेपालले आज बोली फेरेका हुन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि अध्यक्ष नेपालले बोली फेर्दै अहिलेका सत्ताधारी शक्तिहरू एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प नभएको बताए । उनले सकारले गरेको कमिकमजोरीप्रति आलोचना पनि गर्ने हो भन्दै आफूले आइतबार दिएको अभिव्यक्तिको बचाउ गरे ।

‘अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो। यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन। कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो। कमजोरीप्रति आँखा चिम्लिने पनि होइन। त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ। अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन।’, आज काठमाण्डुमा आयोजितक एक कार्यक्रममा भने ।

आज उनले बजेटबारे कुरा नै गरेनन् । प्रचण्डलाई भेट्नु अघिसम्म भने उनले बजेटलाई सच्याउनु पर्ने माग राख्दै आएका थिए । यदि बजेट नसच्चाए सरकार ढल्ने चेतावनीसमेत दिदैँ आएका थिए । तर, प्रचण्डसँगको भेटपछि आज भने उनले बजेटप्रति कुनै असन्तुष्टि जनाएनन् । ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ ।’, आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement