काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको मूख्य जड प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।
एक अनलाइनलाई अन्तर्वार्ता दिँर्द नेता नेपालले अध्यक्षसमेत रहेका प्रधानमन्त्री अोलीमा अहंकारका कारण पार्टीभित्र विवाद सिर्जना भएको बताएका हुन् ।
‘उहाँमा अहंकार छ । मपाईँवाद छ । म नै सर्वेसर्वा हुँ भन्ने उहाँको सोच छ । अरुसँग भएका योग्यता, क्षमता, खुवी, अनुभवलाई २ पैसाको पनि महत्व दिनुहुन्न । उहाँलाई छलफलमा विश्वास छैन’, उनले भने, ‘ उहाँलाई कमिटीको वैठकमा विश्वास छैन । उहाँ ‘बा’ भएको शब्दलाई रुचाउनु हुन्छ । उहाँको उमेरको भन्दा पनि बढी मान्छेले बा भनिदियो भने उहाँ दंग पर्नु हुन्छ ।’
उनले प्रधानमन्त्री अोलीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक आग्रह गर्दा पनि बैठक बोलाउन तयार नभएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आफूले पनि पटकपटक लबैठक बोलाउन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले अटेरी गरेको बताए ।
‘औपचारिक बैठक गर्ने हो भने पनि प्रधानमन्त्रीको व्यस्तताका कारणले बैठकमा नबस्नुस् हामीलाई जिम्मा दिए हुँदैन ? हामी काम नपाएर दिनभरि आलश्यका साथ बसिरहेका छौं । दिक्क लाग्दो दिन बिताईरहेका छौं अनि एक जना मान्छेले मरिमरि काम गरिरहेको छ भन्ने देखाएर मात्र हुन्छ’, उनले भने ।
नेता नेपालले तीन जना पूर्वप्रधानमन्त्रीसहित बहुमत सचिवालय सदस्यहरुले बैठक बोलाउन आग्रह गर्दा अोलीमा घमण्ड देखिएको बताएका छन् ।
‘सब लाइन लागेर गएका छन् त्यहा । जस्तो महाराजाको दरवारमा गएजस्तो । हजुर बैठक बोलाइदिनु पर्यो भनेजस्तो । उहाँले, हुँ… तोक लगाइदिन्छु । जवाफ पाइयो । मैले भने, तपाईँको यो अहंकार तोक लगाउने ? मिति तोकौं’, उनले भने, ‘प्रकृयाबाट हुन्छ भन्नुभयो । मैले फेरि पनि भनें तपाईँमा यत्रो अहंकार जागेको ? हामीले कल गरेको आधारमा बोलाउनु पर्नेमा प्रचण्ड थाकिसक्नु भयो । मैले महासचिव विष्णु पौडेललाई पनि कतिचोटि भनेको छु ।’
त्यस्तै नेता नेपालले प्रधानमन्त्री ओलीले पार्टीको सिस्टमलाई मान्दिन भन्ने धम्की दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई कसैले केही गरे देखाईदिने चेतावनी दिएको नेता नेपालले बताए ।




प्रतिक्रिया