एकीकृत समाजवादीले १५ दिने मेची-महाकाली अभियान चलाउने

एकीकृत समाजवादीले १५ दिने मेची-महाकाली अभियान चलाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ ।

सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो ।अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ ।

सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ । सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ । एकीकृत समाजवादीका नेताहरूका अनुसार अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता अभियानभर सहभागी हुनेछन् ।