एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीको ६७ औं सचिवालय बैठक स्थगित गरिएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उक्त पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो।