प्रदेशको नाम राख्न नसक्ने हुत्तिहाराः माधव नेपाल

प्रदेशको नाम राख्न नसक्ने हुत्तिहाराः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी – नेकपा नेता माधवकुमार नेपालले प्रदेशहरुले आफ्नो नाम तोक्न नसकेकोमा हुत्तिहाराको संज्ञा दिएका छन् । प्रदेश गठन भएको लामो समय बितिसक्दा समेत नाम राख्न नसकेकोमा असन्तुष्ट व्यक्त गर्दै छिटै नाम तोक्न आग्रह गरेका हुन् ।

नेकपा इटहरी उपमहानगरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले तत्काल नाम तोक्नसम्म नसकेको भन्दै प्रदेश सरकारसँग रोष प्रकट गरे ।

‘कति दिनसम्म अङ्कले सम्बोधन गर्नु, कोशी नाम राखेर अघि बढ्नुहोस’ नेपालले भने, ‘सामान्य नाम तोक्न पनि हुत्तिहारा नबन्नुहोस् ।’