समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई नै निरन्तरता दिने

समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई नै निरन्तरता दिने


काठमाण्डु- समाजवादी मोर्चाको संयोजक नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरिएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले यस अघि पनि संयोजकको जिम्मेवारीमा रहेका नेपालको समयावधि सकिएकोमा उनैलाई नै नेतृत्वमा अघि बढाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले अहिले ४७ जिल्लामा समाजवादी मोर्चा गठन भएको र बाँकी जिल्लामा पुस मसान्तसम्म गठन गरिसक्ने निर्णय गरेको छ । त्यस्तै समाजवादी मोर्चाका नेतृत्वमाथी लगाइएका मुद्धाका विषयमा सरकारसँग भएका चरण–चरणका सम्झौता कार्यान्वयनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ ।