काठमाण्डु- राष्ट्रियसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २ सीटमा चित्त बुझाउने भएको छ । आज बसेको सचिवालय बैठकले असन्तुष्टिका सत्ता गठबन्धनले गरेको भागमा लगाएको २ सीटमा चित्त बुझाउने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले पार्टीको भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधव नेपालसहित तीन नेतालाई दिएको छ । जसअनुसार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिने निर्णय गरिएको छ ।




प्रतिक्रिया