नेकपा एसको महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गरिने

नेकपा एसको महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले आसन्न १०औँ महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ । विहीवार बसेको पार्टीको दस्तावेज मस्यौदा समितिको बैठकले आसन्न १०औँ महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको हो ।

महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिकलगायत विषय समेटेर एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीभित्र अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत गरिने उनको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रूप दिन विभिन्न समूह बनाएर छलफल गरिने प्रवक्ता खतिवडाले जानकारी दिए ।