प्रचण्डसँग रुष्ट बनेका माधव नेपालले बोलाए केन्द्रीय सचिवालय बैठक

प्रचण्डसँग रुष्ट बनेका माधव नेपालले बोलाए केन्द्रीय सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् ।

उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई सरकारमा आउन प्रस्ताव गरेका छन् । जवाफमा अध्यक्ष नेपालले गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताए ।

नेपाली कांग्रेससँगको गठबन्धन फुटाएर एमालेसँग नयाँ गठबन्धन गरेका छन् । एमालेसँग नयाँ समीकरण गर्दासमेत आफूलाई जानकारी नगराएको भन्दै प्रचण्डप्रति माधव नेपाल रुष्ट बनेका छन् ।

आइतवार माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास पुगेका थिए । भेटमा उनलाई सरकारमा सहभागि हुन आग्रह गरे । तर, माधव नेपालले आक्रोशित हुँदै भने, ‘तपाईँ हामीसित सल्लाह नगरी, नसोधी आफूखुसी गर्दै हिँड्ने । अहिले अप्ठेरो परेपछि हामीलाई खोज्दै आउने ? बिहानसम्म भागबन्डाको कुरा के गर्ने भनेर नभन्ने । कुरा गर्छु, भेट्छु मात्रै भन्ने । अहिले जसपाको भर नभएपछि संख्या पुर्‍याउन सकस भएर नेकपा एस चाहिने ? यो विल्कुलै वामपन्थी चरित्र भएन ।’