काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार लामो समयसम्म नटिक्ने बताएका छन् ।
बालकुमारीमा मंगलवारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले गठबन्धनमा दिन दिनै घटनाक्रम परिवर्तन भइरहेकाले सरकार लामो सयम नटिक्ने बताएका हुन् ।
जनता समाजवादी पार्टी, नेपाल विभाजन गरिएको बताउदैँ आवश्यकता पर्दासम्म मात्रै उपेन्द्र यादवको प्रयोग गरेको भन्दै आपत्ति जनाए । ‘राजनीतिक घटनाक्रममा परिवर्तन भइरहेको छ । समीकरणमा दिनदिनै परिवर्तन भइरहेको छ । गठबन्धनमा दिनदिनै परिवर्तन भइरहेको छ । संसद्को अवधिभर सँगसँगै जाला कि भन्ने ठानेको । जनता समाजवादी पार्टी विभाजित भयो । विभाजित गरियो । सरकारबाट निकालियो । मुन्ट्याउने काम मात्रै भएन । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो ।’, उनले भने ।
माधव नेपालले पार्टी विभाजन गर्न लागेको चर्चापछि आफू आत्तिएको बताए । ‘हाम्रो पार्टीको पनि विभाजनको हल्ला चले । अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको भन्ने चर्चा पनि चल्यो । ६ जना जाँदैछन् भन्ने हल्ला चले, चलाइए । हामी पनि आत्तियौँ । के हो वास्तविकता । बसेर फेरि छलफल गर्यौं । छलफल गर्दा जति गणना गर्दा पनि देखिँदैन ।’, उनले भेन ।




प्रतिक्रिया