काठमाण्डु- नेकपा एकीकृत समाजवादीको काठमाण्डुमा जारी राष्ट्रिय महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुँदैछ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हिजो सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ ।
प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ । यसैबीच नेकपा एसले बन्दसत्र सञ्चालनका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
उपमहासचिव जगन्नाथ खतिवडा संयोजक रहेको १५ सदस्यीय बहस नोट कमिटी गठन गरिएको छ । डा. गंगालाल तुलाधर र डा। विजय पौडेललाई माइन्यूट लेखनको जिम्मा दिइएको छ । त्यस्तै नेकपा एसले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदानको व्यवस्था गरेको छ ।




प्रतिक्रिया