ओलीका अरिंगाल र साइबर सेनालाई ख्याल रहोस्, सूर्य चिन्ह ल्याउने म जीवितै छुः माधव नेपाल

ओलीका अरिंगाल र साइबर सेनालाई ख्याल रहोस्, सूर्य चिन्ह ल्याउने म जीवितै छुः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरिंगाल र साइबर सेना मात्रै मन पर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीका साइबर सेनाले विशाल पार्टीसँग सामना गर्न नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री अ‍ोलीसँग सहकार्य गरेर अगाडि बढ्न नसकिने स्पष्ट पारेका छन् । तर, ओलीले माफी मागे माफी दिने अध्यक्ष नेपालले बताए ।

‘केपी ओलीका अरिंगाल र साइबर सेनालाई ख्याल रहोस्– सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छु,’ उनले भने, ‘यिनीहरु फेरि मिल्ने हुन् कि भन्ने शंका कसैले नराखे हुन्छ । अब उनीसँग कुनै सहकार्य हुनै सक्दैन, सबैजना प्रष्ट भए हुन्छ ।’

उनले देश–विदेश सबैतिरबाट आफूहरुलाई समर्थन प्राप्त भएको बताउँदै अधिकारिक नेकपाको अगुवाई आफूहरुले गरिरहेको बताएका छन् ।

त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई जनताको साथ नभएको बताउँदै सानो अरिंगालको झुण्ड मात्रै रहेको स्पष्ट पारे । ‘केपी ओलीसँग सानो अरिंगालाको झुण्डमात्रै छ, अरिंगालको गोलोमात्रै छ, साइबर सेनामात्रै छ,’उनले भने ।