माधव नेपालको आक्रोश : ज्ञानेन्द्रको त सातो लियौं भने केपी ओली कहाँका हुन् ?

माधव नेपालको आक्रोश : ज्ञानेन्द्रको त सातो लियौं भने केपी ओली कहाँका हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताएका छन् ।

आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री अ‍ोलीले आफू र पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्ने तयारी गरेको बताए । उनले ज्ञानेन्द्र शाहको सातो लिएको भन्दै केपी ओलीबाट नडराउने बताउ ।

‘यो सबैको मुटु छामेको हो । रामकुमारीलाई पहिले समात्ने, अनि म र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ’, उनले भने, ‘यिनका डरबाट हामी त्रसित हुन्छौं ? ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन् ?’

त्यस्तै उनले सूर्य चिह्न नदिने षड्यन्त्र भइरहेकाले दिनलाई रात पोर्ने कोसिस नगर्न चेतावनी दिएका छन् ।

‘सूर्य चिह्न दुईटैलाई नदिने षड्यन्त्र भइरहेको छ’, उनले भने, ‘त्यसो भयो भने हामी सहँदैनौं, दिनलाई रात पार्ने कोसिस नहोस् ।’

त्यस्तै उनले ओली राम्रो प्रधानमन्त्री बन्न नसकेको र गफाडी नम्बर एक रहेको बताए । उनले काम गर्न दिइएन, हात बाँधियो पनि भन्छन्, अनि पुल पनि बनाएको कुरा गर्दै हिँडेकोमा आश्चर्य व्यक्त गरे ।