विराटनगर – नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाउने बताएका छन् ।
नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको भन्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने बताए ।
नेता नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।




प्रतिक्रिया