माधव नेपाल समूहको निष्कर्षः ओली नेतृत्वको सरकार जोगाउनुपर्छ

माधव नेपाल समूहको निष्कर्षः ओली नेतृत्वको सरकार जोगाउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले केपी शर्मा ओली नेतृत्वको सरकार जोगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बुधबार साँझ बानेश्वरको एक होटलमा बसेको नेपाल समूहको बैठकले कम्युनिष्ट घटकहरु मिलेर भए पनि अहिलेको सरकार जोगाउनुपर्ने निष्कर्ष निकालेको हो ।

नेता रघुजी पन्तले बैठकमा नेताहरुले सरकार वामपन्थीहरु मिलेर बनाउनुपर्ने बताएका छन् । उनले माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएपनि सरकारलाई भने मिलेर जोगाउनुपर्ने बताए ।

उनले भने, ‘वामपन्थीहरुको मोर्चा बनाएर भए पनि सरकार जोगाउनुपर्छ ।’

त्यस्तै बैठकले पार्टीलाई एकताबद्ध गराउने दायित्व केपी शर्मा अ‍ोलीको काँधमा भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री अ‍ोलीले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएपछि एकताबद्ध बनाएर पार्टी लैजानेबारे छलफल हुने बताए ।

‘हिजोको परिस्थितिलाई बिर्सेर नेकपा एमालेलाई एकताबद्ध बनाउने बिषयमा छलफल गर्नु पर्छ । एमालेका जुन ब्यक्ति जहाँ थिए त्यही पदस्थापन गर्नुपर्छ,’ उनले भने ।