हामी एउटै हौं, फागुन २८ को निर्णयलाई शून्यमा पुर्‍याइदिऔंः माधव नेपाल

हामी एउटै हौं, फागुन २८ को निर्णयलाई शून्यमा पुर्‍याइदिऔंः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फागुन २८ गतेका निर्णय अवैधानिक भएको बताएका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा केपी शर्मा ओली पक्षसँगको बैठकमा बोल्दै नेता नेपालले पूर्व एमाले जुन स्थानमा थियो त्यही हिसाबमा फर्किन आग्रह गरेका छन् ।

उनले फागुन २८ का निर्णय खारेज गर्न प्रधानमन्त्री अ‍ोली सहमत नभएको बताए । नेता नेपालले कार्यदल बनाएर जान सकिने बताएका छन् ।

‘हामी एउटै हौं । पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं’, उनले भने, ‘२८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऔं । त्यसपछि बसेर छलफल गरौं । कार्यदल पनि बनाउन सकिन्छ ।’