काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष माधवकुमार नेपाल समूहले राष्ट्रिय भेलामा ७ वटा बुँदा छलफलका लागि थप गरेको छ । नेपाल समूहले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा अोलीले कारबाही गरे कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न केही बुँदा थप गरेको हो ।
उक्त बुँदामा पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला ? केपी गुटले कारबाहीको नाम नाममा एकपक्षीय गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामकारबाहीप्रति कस्तो प्रतिक्रिया दिने ? केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने ?लगायतका विषय रहेका छन् ।
प्रधानमन्त्री अोलीले गुटगत भेला गर्दै हिँडे कारबाही गर्ने चेतावनी दिएपछि यस्तो विषय पनि छलफलमा समावेश गरिएको हो । उनले बुधबार पार्टीका नाममा होटलमा भेला गर्दै हिँड्नेमाथि निगरानी गरिएको बताएका हुन् ।
यस्ता छन् थप गरिएका ७ बुँदाः
१. कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ ? केपी गुटले सिर्जना गरेका बाधा अवरोध लगायतका क्रियाकलाप कस्तो रहेका छन ?
२. पार्टी कमिटी र जनसंगठन तथा पेशागत संगठनहरुलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला ?
३. पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला ? केपी गुटले कारबाहीको नाम नाममा एकपक्षीय गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामकारबाहीप्रति कस्तो प्रतिक्रिया दिने ? केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने ?
४. वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने ? अन्य राजनीतिक दलहरु, विशेषतः नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरुसंग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ ?
५. नेकपा (एमाले) लाई विधान, विधि र पद्धतिसम्मत किसिमले चलाउँदै यसको एकतालाई कायम राख्न के गर्नु उचित हुन्छ र के गर्न सकिन्छ ?
६. पार्टी संगठन, जनसंगठनहरुको सञ्चालन तथा केपी गुटबाट भइरहेका कामकारबाहीहरु तथा तिनको सम्बन्धमा अन्य केही सान्दर्भिक जानकारी र सुझाव भए उल्लेख गर्ने ।
७. अन्य राजनीतिक दल र शक्तिहरुबारे ध्यान दिइनु पर्ने सान्दर्भिक गतिविधिबारे केही भए उल्लेख गर्ने ।




प्रतिक्रिया