काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।
शुक्रबार मध्यान्ह १२ : ३० बजेबाट कलंकीको एक होटलमा नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसहित चार जना नेतालाई कारबाही गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माधव नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थिए ।




प्रतिक्रिया