केपी अ‍ोली अध्यक्ष रहेको पार्टीमा हाम्रो खैरियत छैन्ः माधव नेपाल

केपी अ‍ोली अध्यक्ष रहेको पार्टीमा हाम्रो खैरियत छैन्ः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जुनसुकै तहमा सम्झौता गर्न तयार भएको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा भएको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै नेता नेपालले आफ्नो स्वार्थका  लागि ओलीले यो देशलाई विभिन्न आधारमा खण्ड विखण्ड पार्ने प्रयास गरिरहेको बताएका छन् ।

पूर्वधानमन्त्रीसमेत रहेका नेता नेपालले अहिले एक–एक व्यक्तिको अग्नी परीक्षा भइरहेको बताएका छन् । उनले प्रधानमन्त्री अ‍ोलीले आफूलार्य पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भनेकोमा असन्तुष्टी जनाए । उनले आफूले यसअघि प्रचण्ड र केपी ओलीको चोचोमोचोको विरोध गरेको स्मरण गरेका छन् ।

‘एक–एक व्यक्तिको अग्नी परीक्षा भइरहेको छ । हिजो प्रचण्ड र केपी ओलीको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ । सत्ता जोगाउनका लागि जुनसुकै तहमा सम्झौता गर्ने वयक्तिका बारोमा मैले भनिरहनु पर्दैन । यो देशलाई विभिन्न आधारमा खण्ड विखण्ड पारिदिने हो कि ? भनेर मान्छेले वाच गरिरहेका छन्’, उनले भने ।

नेता नेपालले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीमा आफुहरुको खैरियत नरहेको बताए । उनले ओलीसँग आत्मसर्मपण गर्ने वा टाङ मुनी छिर्ने ? भन्दै कार्यकर्तालाई प्रश्न गरेका छन् ।

‘पार्टीलाई सबै खालका कर्मी कमजोरीलाई सुधार गर्दै उज्यालो बनाउन चाहान्छौं । केपी अ‍ोली अध्यक्ष रहेको पार्टीमा हाम्रो खैरियत छैन् । केपी ओलीसँग आत्मसर्मपण गर्ने वा टाङ मुनी छिर्ने ?’, उनले प्रश्न गरेका छन् ।

उनले केपी ओलीलाई निर्वाचन आयोगले एमालेको अध्यक्ष घोषणा गरे पनि नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गरे ।