काठमाण्डु – कारबाहीमा पर्न थालेपछि नेकपा एमाले माधव नेपाल पक्ष पार्टीको सम्पर्कमा आउन थालेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार २७ जना सांसदलाई कारबाही गर्ने चेतावनीसहितको स्पष्टिकरण पत्र काटेपछि सांसदहरु पार्टीको सम्पर्कमा आउन थालेका हुन् ।
बुधबार दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका थिए । उनले आफूहरु पार्टी एकताको पक्षमा रहेकाले सबैलाई मिलाएर लैजान प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर एमाले र माअोवादी केन्द्र ब्यूँताएको थियो । प्रधानमन्त्रीले फागुन २८ गते आफू निकट केन्द्रीय सदस्यको बैठक राखेर निर्णय गरेपछि नेपाल पक्षले पनि छुट्टै संगठन विस्तार गर्दै आएको छ ।




प्रतिक्रिया