काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई प्रधानमन्त्रीको लागि प्रस्ताव आएको बताएका छन् ।
शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले शेरबहादुर देउवाको ठाउँमा आफुलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएका हुन् । तर उनले आफुले विपक्षी गठबन्धनलाई धोका नदिने बताए ।
‘मलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ । तर म शेरबहादुर देउवाजीलाई धोका दिन चाहान्न,’ उनले भने, ‘म हस्ताक्षर फिर्ता लिने पक्षमा छैन । माधव नेपाल धोका दिने मान्छे होइन ।’
एमालेको एकता जोगाउनुपर्ने बताउँदै आएका ओली समूहकै नेताहरुले देउवालाई बनाउनुभन्दा नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए ।




प्रतिक्रिया