केपी ओली दक्षिणपन्थी : माधव नेपाल

केपी ओली दक्षिणपन्थी : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तामा अपिल गरेका छन् ।

मदन भण्डारीको ७० औं जनजयम्तीका अवसरमा एक विज्ञप्ति जारी गर्दै नेता नेपालले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा लागेको आरोप लगाउँदै कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तामा आह्वान गरेका हुन् ।

‘विद्यमान वैचारिक-राजनैतिक-साँस्कृतिक-आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयकका शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वानसहित जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

नेता नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति चर्को आलोचना समेत गरेका छन् ।