तत्काल सरकारमा नजाने माधव समूहको निर्णय

तत्काल सरकारमा नजाने माधव समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ ।

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएका नेता विजय पौडलले एमालेभित्र एकताको विषयमा परामर्श चलिरहेका कारण तत्काल आफुहरु सरकारमा सहभागी नहुने बताएका हुन् ।

‘हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं,’ उनले बैठकमा भने । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

संसद पुनःस्थापनाको माग गर्दै पाँच दलका १४६ जना सांसदले सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले असार २९ गते देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

साथै साउन ३ गते प्रधानमन्त्री देउवालाई गठबन्धनका सांसदहरुले विश्वासको मत दिएका थिए । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन ।