काठमाण्डु- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ । सोमवार वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।
एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे उक्त बैठकमा छलफल हुने जनाइएको छ । यता अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक शनिबारबाट जारी छ । आज पनि ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बैठक बस्दैछ ।




प्रतिक्रिया