सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता गर्ने पक्षमा छु: माधव नेपाल

सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता गर्ने पक्षमा छु: माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा आफु विमति नहुँने बताएका हुन् ।

उनले भने, ‘ म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ । त्यसकारण सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु । सम्मानजनक हैसियतमा मात्रै एकता गर्नुपर्छ । ’

उनले अध्यक्ष केपी शर्मा ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरे । एकता कसरी गर्ने भन्नेबारे हाम्रा कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको उल्लेख गर्दै नेपालले ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताए ।

बैठकलाई माधव नेपालले सम्बोधन गरेपछि भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए । रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका छन् ।